यी हुन् विश्वमा धेरै पैसा कमाउने १० फुटबल खेलाडीहरु


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं ।खेल जगतको एक सशक्त विधा हो फुटबल । फुटबलमा लागेका हरेक खेलाडीको सफलता उसले प्रदर्शन गर्ने खेलले मात्र हेरिँदैन ।

    प्रत्येक खेलाडीको सफलता उसको आम्दानीबाट पनि मापन गरिन्छ । खेलाडीहरुले आफ्नो खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै मनग्य आम्दानी पनि गर्दछन् । कतिपय विश्व प्रख्यात खेलाडीहरुले आफ्नो आम्दानीको स्तर प्रख्यात व्यापारीभन्दा पनि धरै गरेका हुन्छन् ।
    अंग्रेजी पत्रिका ‘ट्रेन्डर’ ले विश्का सबैभन्दा धेरै कमाउने दश खेलाडीहरुको तथ्य सार्वजनिक गरेको छ । यहाँ विश्वमा सबैभन्दा धेरै पैसा कमाउने १० फुटबल खेलाडीको चर्चा गरिएको छ ।

    १०) फ्रान्क लम्पर्ड, ८७ मिलियन डलर


    इङलिस क्लब म्यान्चेस्टर सिटीका पूर्वखेलाडी फ्रान्क लम्पर्ड विश्व फुटबल इतिहासमा उक उत्कृष्ट खेलाडीको रुपमा मानिन्छन् । लम्पर्ड हाल ड्रबी कन्ट्रिका म्यानेजर पनि हुन् । लम्पर्डले वेस्ट हम युनाइटेड, चेल्सी, यू न्योर्क सिटीलगायतका क्लबमा आफ्नो फुटबल जीवन बिताइसकेका छन् ।
    लम्पर्ड वार्षिक ८७ मिलियन डलर आम्दानी गर्दछन् । इंग्ल्याण्ड राष्ट्रिय टोलीका मिडफिल्डर लम्पर्डले क्लब फुटबल इतिहासमा कुल ६ सय ४७ खेल खेलर १ सय ९३ गोल गरी सकेका छन् ।

    ९) रोनाल्डीन्हो, ९०.५ मिलियन डलर

    रोनाल्डीन्हो ब्राजिल फुटबल टोलीका पूर्व खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि ९७ खेलमा ३३ गोल गरिसकेका छन् । फुटबल क्लब बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका उनले एकपटक बालोन डी ओर पनि जितिसकेका छन् । रोनाल्डीन्होले बार्किक ९०.५ मिलियन डलर कमाउँछन् ।

    ८) रउल, ९३ मिलियन डलर 


    रियल मड्रिडका पूर्वखेलाडी रउल स्पेनिस राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट खेलाडी पनि हुन् । उनी स्ट्राइकरको भूमिकामा खेल्छन् ।  रउल विश्वकै सर्वाधिक कमाउने खेलाडीको सूचीको आठौं स्थानमा छन् । उलने साल्के, न्यूयोर्कजस्ता क्लबबाट पनि फुटबल खेलेका थिए । रउलको कमाइ हाल वार्षिक ९३ मिलियन डलर कमाउँछन् ।

    ७) समुइल इटो, ९५ मिलियन डलर


    कतार एससीका खेलाडी इटो विश्व फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा छन् । उनले बार्सिलोना, रियल मड्रिड, इन्टर मिलन, चेल्सी, एभर्टनजस्ता क्लबबाट पनि खेल्ने गरेका छन् ।
    स्ट्राइकरको भूमिका निर्वाह गर्ने उनले क्लब फुटबल इतिहासमा बार्सिलोनाका लागि धेरै गोल गरेका छन् । बार्सिलोनामा उनले कुल १ सय ४४ खेल खेल्दै १ सय ८ गोल गरि सकेका छन् । इटो विश्व फुटबलमा सर्वाधिक कमाइ गर्ने खेलाडी सूचीको सातौं स्थानमा छन् ।

    ६) काका, १ सय ५ मिलियन डलर

    विश्व फुटबलमा प्रख्यात नाम हो काका । हाल उनि साओ पाओलोबाट व्याबसाहिक फुटबल खेलिरहेका छन् । ब्राजिल राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडी उनले क्लब इतिहासमा हाल सम्म ४ सय १४९ खेल खेल्दै १ सय ४९ गोल गरिसकेका छन् ।
    काका हाल बार्षिक १ सय ५ मिलियल डलर कमाइसहित विश्व फुटबल खेलाडीमध्य सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको छैठौं स्थानमा छन् ।

    ५) वाइन रुनी, १ सय १२ मिलियन डलर 


    इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वाइन रुनी विश्व फुटबलमा सर्वाधिक कमाइ गर्ने खेलाडीको सुचिको पाँचौ स्थानमा छन् । हाल सम्म विश्व फुटबलमा सक्रिय खेलाडी उनले फुटबल इतिहासमा बेग्लै पहिचान बनाउन सफल छन् ।
    वाइन रुनी प्रिमियर लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । उनी विश्व फुटबलमा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको पाँचौ स्थानमा छन् ।

    ४) जाल्तान इभ्रामोभिच, १ सय १४ मिलियन डलर


    स्वीडेनका कप्तान जाल्तान इभ्रामोभिच विश्वमा सर्वाधिक कमाइ गर्ने खेलाडीको चौंथो स्थानमा छन् । उनले बार्षिक १ सय १४ मिलियन डलर कमाउँछन् । ईभ्रामोभिचले पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर युनाइटेड, बार्सिलोना युभेन्ट्स जस्ता ठुला क्लबमा फुटबल जीवन बिताएका छन् ।
    इभ्राइमोभिचले राष्ट्रिय टोलीका लागि १ सय ६२ खेल खेल्दै ६२ गोल गरीसकेका छन् ।

    ३) नेयमार, १ सय ४८ मिलियन डलर 


    ब्राजिलका स्टार खेलाडी नेयमार फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट व्यावसायिक खेल खेल्ने गर्छन् । ब्राजिलियन यी खेलाडीले खेलबाटभन्दा बढी आम्दानी विभिन्न ब्रान्डबाट पाउँछन् । नेयमारले वार्षिक र्सिक १ सय ४८ मिलियन डलर कमाउँदै विश्वको सर्वाधिक कमाउने खेलाडीको तेस्रो स्थानमा आफ्नो नाम बनाउन सफल छन् ।

    २) लियोनेल मेसी २ सय १८ मिलियन डलर


    चार पटक लगातार फिफा वर्ष खेलाडी भएर बालोन डी ओर जित्ने पहिलो खेलाडी लियोनेल मेसी वार्षिक २ सय १८ मिलियन डलर कमाउँछन् । उनले बार्सिलोनाको लागि व्यवसायिक खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरीरहेका छन् । विश्व फुटबलमा सर्वाधिक पारिसर्मिक पाउने खेलाडी पनि हुन् लियोनल मेस्सी ।
    मेस्सी एडिडास, सामसुङ, पेप्सी, टर्किस एयर जस्ता कम्पनीका बिज्ञापन बापत आम्दानी गर्दछन् ।

    १. क्रिष्टियानो रोनाल्डो २ सय ३० मिलियन डलर


    चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले वार्षिक २ सय ३० मिलियन डलर आम्दानी गर्छन् । विश्वका धेरै कमाउने खेलाडीमध्यका एक रोनाल्डो फुटबलमा भने सबै भन्दा धेरै कमाउने खेलाडी हुन् ।
    रोनाल्डोले क्लबमा खेल खेलेर मात्र होइन नाइक, सामसुङ, ट्याग हेयर आदि उनका आम्दानीका लागि प्रमुख विज्ञापन स्रोत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार