हुवावेको आम्दानी सय अर्ब डलर नाघ्यो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  अमेरिकी दबाबकाबीच चिनियाँ कम्पनी हुवावेको आम्दानी सय अर्ब डलरभन्दा बढी पुगेको छ। अमेरिकाले हुवावेका विद्युतिय सामाग्रीले जासुसी गर्ने आरोप लगाइरहेको छ। विभिन्न देशले हुवावेको फाइभ–जी नेटवर्क नजोड्ने बताइसकेका छन्। यसबीचका हुवावेलाई झड्का लाग्ने अनुमान गरिएको थियो।

    यद्यपी हुवावेको समाग्री विक्रिमा कुनै असर नपुगेको जनाइएको छ। हुवावेका अनुसार सन् २०१८ मा हुवावेले ७२१ दशमबल २ अर्ब युआन अर्थात् १ सय ७ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ।

    हुवावेले कुल नाफा ५९ दशमलब ३ अर्ब युआन कमाएको छ। अमेरिकाले हुवावेले चीनको जासुसको भूमिका खेल्ने आरोप लगाउँदै आएको छ। गत वर्षको डिसेम्बर महिनादेखि अमेरिकी आग्रहमा क्यानडामा हुवावेकी वित्त प्रमुख मेङ्ग वान्जु पक्राउ परेकी छन्।

    अमेरिकाले आफूले उत्तर कोरिया र इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेका कारण वान्जुलाई पक्राउ गर्न लगाएको बताएको छ। गत वर्षदेखि अमेरिका र उत्तर कोरियाबीच व्यापार युद्ध जारी छ। हुवावेले राजनीतिक प्रतिशोध साध्न अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको आरोप लगाएको छ। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार