‘बेबीसावर’ को तयारीमा अनुष्का–विराट, किन लुकाए प्रेग्नेन्सी ?


  • Frontline Nepal

काठमाडौं, चैत १९  ।    भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ ।

सन् २०१७ डिसेम्बर ११ मा विवाह बन्धनमा बाँधिएको यो जोडी ‘बेबीसावर’ को तयारीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यद्यपी अनुष्का र विराटले यसको आधिकारीक जानकारी दिएका छैनन् । तर अनुष्काले लामो समयदेखि गर्भवती भएको विषयलाई लुकाएको भारतीय सञ्चार संस्था डिएनएको दाबी छ।

अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ । डिएनएका अनुसार अनुष्काले उक्त फोटोसुट पहिलै गरेकी थिइन् ।

गर्भवती भएकै कारण अनुष्काले हाल कुनै चलचित्रमा हस्ताक्षर नगरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट