क्रिस्टियानो रोनाल्डोका रोचक पक्ष :अमेरिकी राष्ट्रपति भन्दा धेरै कमाउछन् ……


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २३, २०७५

  • काठमाडौं, चैत २३। पोचुर्गलका क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी हुन । उनको जन्म ५ फेबु्रअरी १९८५ मा पोर्चुगलको सहर फनचल, मेडिरामा भएको थियो ।

    रोनाल्डोले हालैमात्र चौथो पटक फिफा वर्ष खेलाडी ‘बेलोन डि ओर’को उपाधी पनि जितेका छन् । क्लब फुटबलमा एकदमै सफल रहेका रोनाल्डोको नेतृत्वमा पोर्चुगलले २०१६ को युरो कपको उपाधी हात पारेको थियो । जान्नुहोस् उनै फुटवलका बादशाह रोनाल्डो खेल जीबनीबारे केही तथ्य ।

    रक्सी, चुरोट र टाटु:

    रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो ।

    आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको कुलतबाट टाढा छन् । कुलतमा लागेमा फुटबल खेल्ने क्षमतामा कमी आउने तर्क राख्छन् ।

    आधुनिक युगका लगभग सबै फुटबलरको शरिरको कुनै न कुनै भागमा टाटु रहेको छ । तर रोनाल्डोले वर्षको २ पटक रगत दान गर्ने भएकाले शरिरमा टाटु नखोपेका हुन् ।

    यसरी रहयो नाम:

    फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन ।

    रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

    ११ वर्षमै चर्चित खेलाडी

    स्पोट्रिङ लिस्वोनमा रहदा रोनाल्डोको प्रतिभाबाट प्रभावित भएर प्रशिक्षकले भनेका थिए । ‘रोनाल्डोको खुटामा बल परेमा उनी सजिलै दुई वा तीन खेलाडीलाई आरामले छक्याउँछन् ।

    हरेका खेल सकेपछि उनका साथी खेलाडीहरु उनको वरपर भेला हुन्थ्ये किन कि ति खेलाडीलाई लाग्थ्यो कि रोनाल्डोमा एक दिन विश्वको उत्कृष्ट खेलाडी हुने गुण छ ।’एक दिन रोनाल्डोको खेल हेर्दै हालका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिनो आफ्नो सहयोगी प्रशिक्षकलाई भनेका थिए । रोनाल्डो र हल्याण्डका महान स्ट्राइगर मार्के भान बसटेन बीचमा समानता छ ।

    त्यस खेलका दौरान माउरिनोल ‘यो बच्चा अचम्मको कला र कौशल छ भन्दै उनको समर्थनमा चिचाएको थिए ।’ उनी एक रातमै आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी भएका हैनन् । किशोर अवस्थामा उनी दुवै खुटामा वजन राखेर खेल्ने, छलाउने तथा प्रशिक्षण गर्ने गदथे । त्यस प्रकारको प्रशिक्षण गर्दा उनी वजन बिना पहिले भन्दा छिटो दौडिन सक्ने भए । अहिले उनी साँचिकै तेज छन् ।

    दिनमा ३ हजार पल्ट सेटअप

    उनी दिनमा ३ हजार पल्ट सेटअप गर्छन् । उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । उनको शरिरको बनाबट कुनै मोडलको भन्दा कम छैन ।

    उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ से.मि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ से.मि को उचाई छुन्छन् ।

    यो उचाई औसत एनबिए खेलाडीको भन्दा धेरै हो । उनले प्रहार गर्ने फ्रिकिक ‘एपोलो ११’ अन्तरिक्ष यान भन्दा चार गुणा छिटो हुने गर्छ । यो जोक्स हैन, वैज्ञानिकले यसलाई पुष्टि गरिसकेका छन् ।

    बोसो १० प्रतिशत:

    रोनाल्डोको शरिरमा १० प्रतिशत बोसो रहेको छ, जुन पातलो बिरालोको भन्दा पनि कम हो । त्यसैले उनी छिटो दौडिने मेसिन भएका हुन । उनी एनबिए खेलाडी भन्दा माथि उफ्रन सक्छन् । चितुवा भन्दा छिटो दौडन सक्छन् । उनले प्रहार गर्ने प्रिकिक १३।१ कि।मि प्रति घण्टा हुन्छ, जुन अन्तरिक्ष यान भन्दा तेज छ ।

    छोराको नाम आफ्नो जस्तै:

    क्रिस्टियानो रोनाल्डोको एक छोरा रहेको छ । उनको छोराको नाम क्रिस्टियानो रानाल्डो जुनियर हो । जुनियरको जन्म सन् २०१० जुन १७ मा भएको थियो । रानाल्डोले आफ्नो छोराको आमाको परिचय गोप्य राखेका छन् ।

    विदेशी मिडियाहरुका अनुसार रोनाल्डोको बच्चाको आमा इंग्लिस, अमेरिकी वेटरसँग रोनाल्डोको म्यानचेस्टरमा रहदा एकरातको सम्बन्ध स्थापित भएको थियो । त्यो सम्बन्धमा ति महिला प्रेगनेन्ट हुन पुगेकी थिईन् । रोनाल्डोले ति महिलालाई आफ्नो पहिचान गोप्य राख्न १ करोड पाउण्ड दिएका थिए ।

    कमाई अमेरिकी राष्ट्रपति भन्दा धेरै:

    अमेरिकी राष्ट्रपतिले एक वर्षमा कमाउने पैसा रोनाल्डोले ६ दिन ९ घण्टा १७ मिनेट ५ सेकेन्डमा कमाउँछन् । उनी संसारकै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी हुन्, उनको हप्ताको कमाई २ लाख ७४ हजार पाउन्ड रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार