सामसङको ग्यालेक्सी ‘ए ७०’ नेपाली बजारमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १८, २०७६

  • काठमाडौं, १८ वैशाख ।  सामसङ नेपालले ग्यालेक्सी ए ७० नेपाली बजारमा ल्याएको छ । यो ग्यालेक्सी ए मध्येको पाँचौं स्मार्टफोन हो ।

    ग्यालेक्सी ए पावरफुल डिभाइस हो, जुन डिजिटल प्रेमीहरुको व्यस्त जिन्दगीको लागि भनी विकास गरिएको बताइएको छ । आफ्ना अनुभवहरु साटासाट गर्न तथा लामो समयसम्म कनेक्ट रहनसक्ने क्षमता यस फोनमा रहेको छ ।

    सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले २०१९ को अन्त्यसम्म ग्योलेक्सी ए सिरिज ४ अरब अमेरिकी डलरको ब्राण्ड बन्न सक्ने बताए ।  यसमा ३२ मेगापिक्सलसहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ । जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । जहाँ  २५ डब्लुको सुपर फास्ट चार्जिङको साथै ४ सय ५० एमएचको व्याट्री समेत रहेको छ । यसले दिनभरी कै लागि शेयर, भिडियो स्ट्रिमिङ्गको लागि स्वतन्त्रता प्रदान गर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार