जिदानको आगमनले बेलको करिअर धरापमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १, २०७६

  • काठमाडौं, १ जेठ।  रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, प्रशिक्षक जिनेदान जिदान रियल आएपछि उनको करिअर नै धरापमा परेको छ । जिदानको रोजाइमा नपरेपछि उनले खेल्ने समय निकै कम पाउन थाले ।

    प्राय बेन्चमा नै उनको स्थान बन्यो । जिदानको स्वभाव देखेर वाक्क बनेको बेलेको एजेन्टले जिदानसँग कुरा गर्यो । तर, गतिलो प्रतिक्रिया पाउन सकेन । त्यसपछि बेल र जिदानको सम्बन्ध थप बिग्रिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अन्य क्लबमा पठाउन रियलले तयारी गरिराखेको समेत बताइएको छ ।

    सन् २०१३ मा उनी रियलमा अनुबन्ध भएका थिए । उनी गएदेखि नै रोनाल्डोको छायाँमा परे । रोनाल्डोले नै च्याम्पियन्स लिग उपाधि जिताउन प्रमुख भुमिका खेलेको क्रेटिड सबै लिए ।

    तर, बेलको पालो आएन । रोनाल्डोले रियल छोडेपछि पनि उनको दिन राम्रा हुन सकेनन् । जिदानले क्लब छोडेपछि खुसी भएका उनी पुनः जिदानको आगमनले आफ्नो करिअर धरापमा परेको समिक्षकहरु बताउँछन् ।

    उनी अब लोनमा पुर्व क्लब टोटनहम नै फर्किन लागेको बताइएको छ । उनलाई १० मिलियन पाउण्डमा उनी टोटनहममा लोनमा जान लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार