गीत गाएरै करोडपति बनेका सोनु निगम


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १, २०७६

  • काठमाडौं, १ जेठ।   बलिउडका एक चर्चीत गायक हुन् सोनु निगम । उनले फिल्म क्षेत्रमा पनि आफ्नो अभिनय कला देखाएका थिए । तर, गलाको कला अगाडि अरु फिक्का देखिए । उनले अन्ततः गायन क्षेत्रलाई नै प्रमुख प्राथमिकतामा राखे ।  सोनुले बाल्यकालदेखि नै गाउन थालेका थिए । उनले  ४ वर्षको उमेरदेखि गाउन सुरु गरेका थिए ।

    परिवार पनि सांगितीक माहौल भएका कारण उनलाई अगाडि बढ्न निकै सजिलो भएको थियो । बुवा अगम निगमको साथमा मोहम्मद रफीको चर्चित गीत गाएका उनले पछिल्लो समय आफ्नै म्युजिक कम्पनीमा व्यस्त रहेका छन् । उनले बुबासँग पार्टीमा धेरै गीत गाएको अनुभव सुनाएका थिए ।  उनले आज जे जति कमाएका छन् ती सबै गीतहरु गाएर नै कमाएका हुन् ।  एउटा कन्सर्टको लागि उनले १५ लाखसम्म डिमाण्ड गर्छन् ।

    मुंबईमा सोनु निगमको २५ करोडको फ्याट छ । त्यसको अलावा उनीसँग अधेंरीमा ‘नमः’ नामको घर रहेको छ ।  सोनु अहिले आफ्नो ‘नमः’ नामको घरमा बस्छन् ।  यसको साथै मुम्बईमानै सोनुको अर्को घर बनिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार