इस्कोलाई युभेन्टस भित्र्याउने रोनाल्डोको चाहना


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २, २०७६

  • काठमाडौं, जेठ २ । सन् २०१८–१९ को सीजन अन्त्य हुन लाग्दा युरोपका सबै क्लबले अर्को सीजनको बारेमा सोच्न थालिसकेका छन् । आफ्नो टोलीलाई बलियो बनाउनका लागि उनीहरू राम्रो खेलाडी भित्र्याउन खोजिरहेका छन् ।

    युभेन्टस पनि राम्रो खेलाडीको खोजीमा छ । इटालीको यो ठूलो क्लबले च्याम्पियन्स लीग ट्रफी जित्न खोजेको छ । त्यसैले अघिल्लो सीजनमा उसले क्रिस्टियानो रोनाल्डो भित्र्यायो । तर आयाक्सले युभेन्टसलाई क्वार्टरफाइनलमा हराइदियो ।

    च्याम्पियन्स लीग जित्नका लागि रोनाल्डोले टीमलाई रियाल मड्रिडका खेलाडी इस्को भित्र्याउन भनेको डोन बालोन लेख्छ । इस्कोले रियालको स्टार्टिङ ११ मा स्थान पाइरहेका छैनन् र अर्को क्लबमा जान खोजिरहेका छन् ।

    युभेन्टसले पनि इस्कोमा रुचि देखाएको छ तर मड्रिडले उनका लागि राखेको ८० मिलियन यूरो तिर्न युभेन्टस इच्छुक छैन । उनलाई ६० मिलियन यूरो तिर्न चाहिँ तयार छ युभेन्टस । तर रियालका प्रशिक्षक जिनेदिन जिदानले इस्कोलाई मतलब गरेनन् भने क्लबले उनलाई बेच्न सक्ने सम्भावना छ ।

    फक्स स्पोर्ट्स एसिया डट्कमबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार