मिलन चाम्स भन्छन् – प्रनेशलाई थुनेर पाठ सिकाउन खोजेको हुँ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २९, २०७६

  • काठमाडौं, जेठ २९ । चलचित्र निर्देशक मिलन चाम्सले मानहानी र गालीबेइज्जती गरेका कारण प्रनेश गौतमविरुद्ध उजुरी दिएको बताएका छन्। मिलनको पछिल्लो फिल्म ‘वीरबिक्रम २’को हस्यौली समिक्षा गरेपछि चाम्सको उजुरीका आधारमा उनलाई प्रहरीले हिरासतमा रोखको छ। यो कार्यको चौतर्फी विरोध भइरहेको अवस्थामा बुधबार पत्रकार सम्मेलन गर्दै मिलनले समिक्षा गरेको आधारमा नभई मानहानी र रंगभेदी टिप्पणी गरेका कारण आफू प्रहरीसमक्ष गएको बताए।

    उनले भने, ‘यो मान्छेलाई जेलमा लगेर थुन्नैपर्छ भन्ने भन्दा पनि मेरो उद्देश्य पाठ सिकाउने हो।’ अहिले प्रनेसले गल्ती स्वीकार गरेका कारण छुटाउने पहल भइरहेको समेत उनले बताए। प्रनेसको भिडियो मिमि नेपालको युट्युब च्यानलबाट बाहिर आएको थियो।

    त्यसकै आधारमा प्रहरीले उनीमाथि साइबर क्राइमको आरोप लगाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार