जापानी मेस्सी ताकेफुसा कुबोलाई किन्यो रियल मड्रिडले


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ३१, २०७६

  • काठमाडौं, जेठ ३१ । जापानी मेस्सीका रुपमा चिनिने युवा फुटबलर ताकेफुसा कुबोलाई स्पेनिस क्लब रियल मड्रिडले किनेको छ । कुबोलाई ल्याउन स्पेनिस क्बल बार्सिलोनाले पनि लगातार प्रयास गरिरहेको थियो ।

    जापानी क्लब टोक्यो एफसीबाट लोनमा योकाहामा क्लबमा रहेका १८ वर्षका कुबोलाई मड्रिडले ६ वर्षको सम्झौता गर्दै ल्याएको हो । दुई मिलियन युरोमा ल्याइएका उनले प्रत्येक सिजन एक मिलियन युरो थप पाउने छन् । फरवार्ड कुबो मड्रिडको बी टिममा रहेर खेल्ने छन् ।

    २०११ देखि २०१५ सम्म बार्सिलोनामा रहेर फुटबल सिकेका कुबोलाई आफूहरुले क्लबमा ल्याउन सक्नु उपलब्धी रहेको मड्रिडले उल्लेख गरेको छ । उनलाई आउँदो सिजन बी टिममा खेलाए पनि पहिलो रोजाइँको टिममा पुग्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

    २०१४ मा नै बार्सिलोनाले कुबोलाई ल्याउन गरेको प्रयास उमेर नपुगेका कारण फिफाले रोकेको थियो । साथै उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले समेत लैजान खोजिरहेको थियो ।

    बार्सिलोनाका स्टार खेलाडी मेस्सीको शैलीसँग तुलना गरिने कुबोले रियल मड्रिड आएपछि नयाँ उचाइ पाउने फुटबल विश्लेषकहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार