ग्यारेथ बेलले रियल मड्रिड नछोड्ने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ४, २०७६

  • काठमाडौं, असार ४ । स्पेनिस क्लब रियल मड्रिडका खेलाडी ग्यारेथ बेलले रियल मड्रिड नछोड्ने उनका एजेन्ट जोनाथन ब्रानेटले बताएका छन् । दोस्रो पटक मिडियालाई प्रतिक्रिया दिँदै उनले बेलले अन्यत्र जाने इच्छा नदेखाएको बताएका हुन् ।

    धमाधम स्टार तथा युवा खेलाडीहरु भित्र्याइरहेको रियलले बेललाई अन्य क्लबमा लोनमा पठाउने तयारी गरेको समाचार प्रकाशित भइरहेको छ । यसबारेमा स्काई स्पोर्ट्सले ब्रानेटलाई प्रश्न गर्दा उनले बेल रियल छोडेर अन्यत्र जाने मनस्थितिमा नरहेको बताएका हुन् ।

    उनले भने ‘लोनमा अन्य जाने कुरा हुने छैन । मलाई उनी लोनमा अन्यत्र जान्छन् जस्तो लाग्दैन । उनले स्पेनमा राम्रो जीवन बिताइरहेका छन् । मलाई लाग्छ मैले उनलाई राम्रो अफर दिनेछु तर, लोनमा अन्यत्र जाने भन्ने कुरा चाँही होइन ।’

    लामो समयदेखि रियल र बेलबीच राम्रो सम्बन्ध छैन । उनलाई हालका प्रशिक्षक जिनेदिन जिदानले पनि प्रमुख खेलाडीको दर्जा दिएका छैनन् । रियलले असमान व्यवहार गरेको कारण उनले केही समयअघि रियल नछोड्ने बरु गल्फ खेलेर रियलबाट पारिश्रमिक लिने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार