रोनाल्डोको चाहना,मेसीले जिन्दगीभर फुटबल खेलोस्


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ११, २०७६

  • काठमाडौं,  असार ११ । ब्राजिलियन फुटबल लिजेण्ड रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसीले जिन्दगीभर फुटबल खेलोस् भन्ने चाहना व्यक्त गरेका छन् । स्पेनिस मिडिया मार्सासँग कुरा गर्दै विश्वले मेसीको फुटबल कला मन पराएको कारणले उनले लामो समयसम्म फुटबल खेलोस् भन्ने चाहेको बताएका हुन् ।

    उनले मेसीलाई जन्मदिनको शुभकामना पनि व्यक्त गरेका छन् । उनले भने ‘म उनलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु । उनी सयौं वर्ष बाँचुन् । लियोको लागि अरु के भनुँ ? उनले जिन्दगीभर नै फुटबल खेलुन् । मलाई थाहा छ लियोको फुटबललाई विश्वले नै मन पराएको छ ।’

    धेरैले मेसीले क्लब र अर्जेन्टिनाबाट पाएको उपलब्धिको कुरा गरिरहेको बेला उनले भने ‘मलाई लाग्यो यो तुलना नै जायज छैन । बार्सिलोनामा उनी आफ्ना सहकर्मीहरुसँग दैनिकजसो अभ्यास गर्छन् । उनलाई बढी खुल्न दिइन्छ त्यसैले उनको खेल राम्रो छ । तर, मलाई लाग्छ अर्जेन्टिनामा मेसीलाई यस्तो अवस्था छैन । मलाई पूरा विश्वास छ मेसीलाई राष्ट्रिय टिमको लागि केही जित्नु छ । ३२ वर्षको उमेरमा पनि उनी कोपा अमेरिका प्रतियोगितामा राम्रो खेलिरहेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार