चेल्सीका नयाँ म्यानेजरमा ‘क्लब हिरो’ लाम्पार्ड


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १९, २०७६

  • काठमाडौं । असार १९ । फ्राङ्क लाम्पार्ड प्रिमियर लिग क्लब चेल्सीका नयाँ म्यानेजर नियुक्त भएका छन् ।

    माउरिजियो सारीले क्लब छाडेपछि क्लबका पूर्व खेलाडी समेत रहेका लाम्पार्ड नयाँ म्यानेजरका रुपमा नियुक्त भएका हुन् ।

    लाम्पार्ड यसअघि डर्बीको म्यानेजर रहेका थिए ।

    डेली मेलका अनुसार चेल्सीले लाम्पार्डलाई भित्र्याउन ४० लाख पाउण्ड खर्च गर्नु परेको छ ।

    चेल्सीमा रहँदा ६४० खेल खेलेका लाम्पार्डले २०९ गोल गर्नुका साथै १५० एसिस्ट गरेका थिए ।

    यसक्रममा उनले ३ वटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, एउटा युरोपा लिग, चारवटा एफए कप र दुई लिग कपको उपाधि जितेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार