रोनाल्डोसँगै खेल्न पाउँदा दंग जियानलुइगी बुफोन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २०, २०७६

  • काठमाडौं । असार २० । इटालीका पूर्व गोलकिपर जियानलुइगी बुफोन फेरी युभेन्टस फर्किएका छन् । टोलीमा उनले क्रिस्टियानो रोनाल्डोसँगै खेल्न पाउने भएकोमा दंग परेको प्रतिक्रिया दिएका छन् ।

    स्टार फुटबलर रोनाल्डोसँग एउटै क्लबमा खेल्ने अवसरलाई उनले ‘शानदार उपहार’ भनेका छन् । ४१ वर्षीय बुफोनले भने , ‘करियरको अन्तमा मैले पीएसजीबाट नेमार र किलियन एमबाप्पेसँग खेल्न पाएँ । अब मैले रोनाल्डोसँगै खेल्न पाउँदैछु । यसको लागि युभेन्टसलाई धन्यवाद ।’

    उनले थपे, ‘मेरो जस्तो इतिहास र अनुभव भएको खेलाडीले, यस्तै शानदार उपहारसँगै करियरको अन्त्य गर्न पाउनु उपयुक्त हुन्छ । ’

    फुटबल करियरको शुरुवात देखिनै इटालीयन क्लब युभेन्टसमा रहेका उनले सन् २०१२ यता क्लबको कप्तानी पनि गरेका थिए । अघिल्लो सिजन फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका उनी फेरी पुरानै क्लबमा फर्किएका हुन् ।

    पीएसजीले उनलाई क्लबमै रहन अनुरोध गरेपनी बुफोन इटाली फर्किएका छन् । यसअभि १७ वर्षसम्म युभेन्टसमा खेलेका उनी पुरानै क्लब फर्किन पाएकामा दंग छन् । अहिले भने बुफोनले १ वर्षको लागि मात्र करार गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार