फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

६७.५ मिलियन पाउण्डमा यूभेन्ट्समा अनुबन्ध हुदै डी लिग्ट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  ।  डच क्लब आयाक्सका कप्तान माथ्थिज डी लिग्ट यूभेन्ट्स जाने भएका छन्। इटालियन च्याम्पियन यूभेन्ट्सले लिग्टलाई ६७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

    गत सिजनमा १९ वर्षे लिग्टले आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका थिए।

    त्यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आयाक्सले यूभेन्ट्सलाई पराजित गर्ने क्रममा लिग्टले निर्णायक गोल गरेका थिए। तर, सेमिफाइनलमा टोट्नहमसँग पराजित हुँदै आयाक्स बाहिरियो।

    नेदरल्याण्ड्सका सेन्टर ब्याक लिग्टलाई म्यानचेस्टर युनाइटेड, बार्सिलोना र पेरिस सेन्ट जर्मनले पनि लिने इच्छा देखाएका थिए। तीन सिजन आयाक्समा बिताएका उनले डच कप जितेका थिए। उनले आयाक्सबाट २०१७ को यूरोपा कपको फाइनल समेत खेले।

    आयाक्सका लागि ७७ खेल खेलेका उनले ८ गोल समेत गरे। आयाक्समा उनी ९ वर्षको उमेरमा आवद्ध भएका थिए। २०१८ को मार्चमा उनी क्लबकै सबैभन्दा सानो उमेरमा कप्तान बनेका थिए। लिग्टले मार्च २०१७ मा नेदल्याण्ड्सको टोलीमा डेब्यू गरेका थिए। त्यसबेला उनले आयाक्सबाट जम्मा २ वटामात्रै लिग गेम खेलेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट