बेललाई क्यानडामा पनि समर्थकहरुको गाली


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  ।  रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई क्यानडामा पनि समर्थकहरुले गाली गरेका छन् । प्रि–सिजन टुरको लागि अभ्यासमा रहेको रियल मड्रिडको टिमको सदस्यको रुपमा रहेका बेललाई समर्थकहरुले अटोग्राफ नदिएको भन्दै गाली गरेका हुन् ।

    क्यानडाको मोन्ट्रियलस्थित होटल बाहिर रहेका समर्थकहरुले बेललाई अटोग्राफ दिन भनेका थिए । तर, उनले अटोग्राफ दिन अस्विकार गरेपछि समर्थक उनीमाथि खनिएका हुन् । बेल भने कानमा हेडफोन लगाएर समर्थकहरुको अनुरोध सुन्दै नसुनी हिडेका थिए ।

    त्यसोत बेलको प्रदर्शनलाई लिएर समर्थकहरु असन्तुष्ट रहेका छन् । क्लबले पनि उनलाई अन्य जान सुझाए पनि उनी भने कतै पनि नजाने मनस्थितिमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार