ट्विटरले फेर्यो आफ्नो डिजाइन …


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ३, २०७६

  • काठमाडौं । साउन ३ ।  ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो ।  जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।

    एउटा कुरा भने परिवर्तन भएको छैन । अहिले पनि ट्विट सम्पादन गर्न भने सकिँदैन । यो प्रक्रियाका बारेमा अनुरोध भने थुप्रै आएका थिए । परिवर्तन गरिएका फिचरहरु निकै उपयोगी छन् । नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ ।  डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ । (एजेन्सी)

    प्रतिक्रिया
    सम्बन्धित समाचार