रियल मड्रिड छोड्दै ग्यारेथ बेल…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ५, २०७६

  • काठमाडौं । साउन ५ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले यसै सिजन रियल मड्रिड छोड्ने बताएका छन् । प्रिसिजनमा शनिबार सम्पन्न बायर्न म्युनिकविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले बेलको रिलज मड्रिड करियर अन्त्य हुन लागेको जानकारी दिए ।

    बायर्नविरुद्धको खेलमा पनि बेल मैदानमा देखिएनन् । सो खेलमा रियल मड्रिड पराजित भएको थियो । जिदानले रियल मड्रिड सम्हालेपछि बेल बेन्चमा नै बस्दै आएका छन् । जिदानको रणनीतिमा बेल फिट नहुने भएपछि रियल मड्रिड बेललाई बेच्ने तयारीमा छ ।

    रियल मड्रिडमा स्टार विङ्गर बेलको सम्झौता अझ तीन वर्ष बाँकी छ । बेललाई पूर्व क्लब टोटनह्याम, म्यान्चेष्टर युनाइटेड र बायर्न म्युनिकले अनुबन्ध गर्नका लागि चासो देखाएका छन् । शनिबारको बर्यानबिरुद्धको खेलमा बेल किन खेलेनन् भन्ने प्रश्नको जवाफमा जिदानले भने,‘उनी छिटै क्लब छोड्दैछन्, त्यसैले उनी नखेलेका हुन् ।’

    ‘आशा गरौँ उनी चाँडै विदा हुनछन् । यो नै सबैको लागि हितकारी हुनेछ, हामी उनलाई नयाँ टिममा पठाउनका लागि कार्य गरिरहेका छौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार