मासिक १० लाख रुपैंयाँसम्म कमाउँछु- स्मृति पोखरेल, गायिका


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १९, २०७४

  • अस्ट्रेलिया कर्म थलो बनाएकी गायिका स्मृति पोखरेलको नामका अगाडी अरु पनि परिचय झुन्डिन्छन् । नर्स, मोडल, नायिका । केही पहिले हट् फोटो सुट गराएर चर्चामा आएकी स्मृति विशेषगरी पप गीत र रक गीत गाउँछिन् । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र चक्कर रिलिज हुने क्रममा छ । उनको पहिलो एल्बम सफर आईसकेको छ । दोस्रो एल्बम पपस्टार पछि उनी अझ चर्चामा आईन् । स्टेज प्रोगाम तताउन उनी माहिर छिन् । पोखरेलसँग गरिएको कुराकानी :

     

    कस्तो छ तपाईलाई ?
    एकदम ठीक छ । रमाईलो छ ।

     

    तपाईंलाई कुन सिजन एकदम मनपर्छ ?
    मलाई गर्मी नै एकदम मनपर्छ । गर्मीमा पनि सिरक ओढेर सुत्न मनपर्छ भने जाडोमा कस्तो ।

    नेपाल मनपर्छ कि अस्ट्रेलिया ?
    अबश्य नै नेपाल । नेपाल जस्तो स्वर्ग अन्त कहाँ छ र संसार ?

     

    स्टेज प्रोगामका सिलसिलामा कतिवटा देश पुग्नुभयो ?
    धेरै वटा । गनेर साध्य नै छैन । एक वर्षमा दुई वटा पासपोर्ट फेरिन्छ ।

     

    सबैभन्दा बढी दोहोर्‍याएर गएको देश कुन हो ?
    जापान तीन चोटी, संयुक्त अरब इमिरेट्स सात चोटी, कतार चार चोटी पुगेकी छु । त्यसबाहेक मलेसिया पनि धेरै पटक पुगेकी छु । बहराइन, दक्षिण कोरिया, हङकङ, सिंगापुर पनि दोहोर्‍याएर पुगेका मुलुक हुन् । महिनामा एक पटक उडिन भने बिरामी नै हुन्छु ।

     

    घुमेका मध्ये मन परेको देश कुन हो ?
    नेपाल नै हो ।

     

    घुम्न कहाँकहाँ जान मन छ ?
    स्वीट्जरल्याण्ड, पेरिस । नपुगेका देश घुम्न मन छ । स्वीट्जरल्याण्ड मेरो ड्रिम ल्याण्ड नै हो ।

     

    सबैभन्दा लामो फ्लाइट कुन थियो ?
    अस्टेलियाबाट अमेरिका जाँदा एक पटक २४ घण्टा भन्दा बढी यात्रा भयो । सुरुमा १८ घन्टा भयो । जम्मा तीन ठाउमा ट्रान्जिट थियो ।

     

    तपाईं एक पटक स्टेज प्रोगाम गर्दा कति पारिश्रमिक लिनुहुन्छ ?
    त्यो त प्रोगाम हेरेर हुन्छ । ठाउ र आयोजक हेरेर पनि निर्धारण हुन्छ । कहिलेकाहीं सामाजिक सेवाका लागी कार्यक्रमको आयोजना गरिएको हुन्छ । जापानमा स्टेज शो गरेको ५ लाख रुपैंयाँसम्म लिएको छु । टिप्स धेरै आएर त्यति भयो ।

     

    तपाईंको मासिक पारिश्रमिक कति हुन्छ ?
    त्यो त एक लाख देखी १० रुपैंयाँसम्म जति पनि हुन्छ ।

     

    किनेका मध्ये किनेको महंगो चिज कुन हो ?
    मैले भारत जाँदा एक पटक फोटो सुट गरिएको थियो । त्यो लेहेंगाको ५ लाख रुपैंयाँसम्म पथ्र्यो । ज्वेलरी पनि यस्तै २ लाखको थियो । दुबै लगाएर मैले सुटिङ गरेपछि मलाई नै त्यो उपहार दिईयो । आफूले किन्नुपर्दा पनि ७ लाख रुपैंयाँ त पथ्र्यो नै ।

     

    तपाईंलाई सबैभन्दा बढी के किन्न मनपर्छ ?
    मलाई सबैभन्दा धेरै मोबाइल फेर्न मनपर्छ । ब्राण्डेड फरक फरक मेकअपका सामानहरु पनि धेरै नै किन्छु । स्पेशल म गाजल बढी किन्छु । त्यो बाहेक मोबाइल कभर, जुत्ता, पहिरन किन्न मन लाग्छ ।

     

    मोबाइल कत्ति फेर्नुभयो ?
    अनलिमिटेड । अहिले आइफोन सेभेन प्लस चलाउँछु ।

     

    तपाईंका शोखहरु ?
    घुम्ने, यात्रा गर्ने, धेरै बैंक ब्यालेन्स राख्ने, कतै लगानी नगरेर त्यसको ब्याज खाने ।

     

    तपाईंको मासिक खर्च कति हुन्छ ?
    मेकअपमा मात्रै १ लाख रुपैंयाँ जान्छ । ब्राण्डेड सामान किन्दा बढी खर्च हुन्छ । कहिलेकाही १० हजार पनि खर्च हुदैन कहिलेकाही १० लाख रुपैंयाँसम्म पनि पुग्छ । यत्ति नै भन्ने त छैन । कस्मेटिक, गाजलमा बढी जान्छ ।

     

    चन्द्रमामा जान पाए कसलाई लैजानुहुन्थ्यो ?
    ममीलाई । घरी हास्ने, घरी रिसाउने मुड हुन्थ्यो ।

     

    संसारमा सबैभन्दा बढी मनपर्ने व्यक्ति ?
    ममी ।

     

    तपाईंलाई मन परेको मुभी ?
    पुरानोमा युगदेखी युगसम्म । जसमा राजेश हमाल र कृष्टि मैनालीको अभिनय रहेको छ । हिन्दीमा कुछकुछ होताए, कहोना प्यार हे ।

     

    फिल्म हेर्दाहेर्दै कुनै हिरोसँग प्रेममा पर्नु भएको छ कि ?
    छैन । स्क्रीनमा हिरोलाई देखेर कहा प्रेम पर्छ र ?

     

    तपाईंलाई सबैभन्दा मन परेको हिरो ?
    जोन अब्राहिम ।

     

    कुनै हिरोसँग डेट जान पाए को सँग जानुहुन्थ्यो ?
    जोन अब्राहिम । उनको लुक्स, हेराइ, बडी, डाइलग, अभिनय सबै मनपर्छ ।

     

    सपनामा पनि जोन अब्राहिमलाई नै देख्नुहुन्छ कि क्या हो ?
    सपना त देखेको छैन । तर राम्रो लाग्छ ।

     

    नेपालीमा कोही मनपर्छ ?
    त्यस्तो कोही छैन ।

     

    तपाईंलाई सबैभन्दा बढी मन परेको गीत ?
    अभया सुब्बाका ‘तिम्रो लागी’ ।

     

    सपना कत्तिको देख्नुहुन्छ ?
    अलिअलि देख्छु ।

     

    तपाईंले देखेको सपना पूरा हुन्छ ?
    मन परेको कुरा देख्छु । सपना देखेको पूरा पनि हुन्छ ।

     

    कत्तिको रुनुहुन्छ ?
    रुन्छु । चित्त दुख्दा रोईराहुन्छ ।

     

    तपाईंलाई आफ्नो कुन अंग मनपर्छ ?
    आँखा ।

    अरुले तपाईंको कुन अंगको तारिफ गर्छन् ?
    मानिसको मनमा जान सकिदैन । खै, उहाँहरुलाई के लाग्छ ठ्याक्कै थाह छैन । तर मेरो अगाडी भने आखाको नै तारिफ गर्नुहुन्छ ।

     

    मागि विवाह ठीक कि प्रेम विवाह ?
    प्रेम विवाह । तर प्रेम विवाहलाई मागि विवाहमा परिणत गर्नुपर्छ । आमाबुबासँग छलफल गरेको राम्रो हो । जात मिल्नुपर्‍यो, मन मिल्नुपर्‍यो, परिवारको स्वीकृति मिल्नुपर्‍यो । त्यही राम्रो हो ।

     

    तपाईंको हातभरी ट्याटु रहेछ । कसको नाममा हो ?
    मलाई माया गर्ने सबैको नाममा ।

     

    कुनै स्पेशल व्यक्तिको नाममा हो कि ?
    हो नि ।

     

    खुलाउँन मिल्छ ?
    मिल्छ । मेरो जीवनसाथी गिरिश शर्मा । उहा पिएचडि डाक्टर हो । पेशाले आइटी इन्जिनियर हो । उहाको नाममा । हि इज् भेरी स्वीट गाइ । मैले भन्दा बढी उहाले माया गर्नुहुन्छ ।

     

    ब्रत बस्नुहुन्छ ?
    अहँ । मन पर्दैन । खानेकुरा बार्न सक्दिन ।

     

    पेशाले नर्स हुनुहुन्छ । बिरामी भएर हस्पिटल जानु भएको छ ?
    छैन । म हेल्दी पर्सन हो ।

     

    नेपालमा कहाँकहाँ घुम्न जान मन छ ?
    रारा, मुस्ताङ ।

     

    भाग्यमा विश्वास गर्नुहुन्छ कि कर्ममा ?
    भाग्यमा धेरै विश्वास गर्छु ।

     

    ज्योतिषकोमा गएर चिना हेराउनु भएको छ ?
    अबश्य छ । ज्योतिषको कुरा सुन्न मन लाग्छ । उहाले भने अनुसार काम गर्न मन लाग्छ । यो औंठी पनि ज्योतिषले भनेर लगाएको हो । मलाई एकदम फापेको छ ।

     

    अस्ट्रेलिया बस्दा के कुरा मिस हुन्छ ?
    पहिलो कुरा परिवार । त्यसपछि आफन्त, साथीभाई मिस गर्छु । खानेकुराहरु, त्यसमा पनि स्पाईसी फुडहरु । आलुचप, चिकेन यहाँको जस्तो त्यहा स्वाद पाइदैन ।

     

    तपाईं बाहिर निस्किँदा पर्समा कति पैसा बोक्नुहुन्छ ?
    कहिले सय रुपैंयाँ मात्र हुन्छ, कहिले १ लाख पनि हुन्छ । यत्ति नै भन्ने हुँदैन । एटिएम कार्ड हुन्छ, त्यो जहिले पनि चलिहाल्छ ।

    तपाई विवाहित हुनुहुन्छ । तैपनि कसैले फेरी प्रेम प्रस्ताब राख्यो भने के गर्नुहुन्छ ?
    रिजेक्ट गर्छु । मेरो जीवनमा कोही हुनुहुन्छ । मेरो गीतलाई माया गरिदिनुहोस् भन्छु । तपाईहरुले राम्रो केटी पाईहाल्नुहुन्छ भनेर जवाफ दिनुहुन्छ ।

     

    तपाईलाई कस्ता खालका पुरुषहरुले आकषर्ण गर्छन् ?
    जोन अब्राहम जस्ता पुरुषहरुले । गोरो, कालो, अग्लो, होचोले फरक पार्दैन । मन सफा हुनुपर्‍यो । त्यो मनले यो मनलाई माया गर्नुपर्‍यो ।

     

    गायिका नबनेको भए के बन्नुहुन्थ्यो ?
    नर्स ।

     

    आफूले छानेको पेशा प्रति सन्तुष्ट हुनुहुन्छ ?
    आफूले छानेको पेशाप्रति एकदम खुसी छु । अरुको सेवा गर्न पाउँदा एकदम खुसी लाग्छ । राम्रो काम गर्न पाएको छु । समाजसेवा पनि हो ।

     

    फेसबुकमा कति समय बिताउनुहुन्छ ?
    हरेक घण्टा चलाउँछु । समय मिल्दा चलाउँछु ।

     

    तपाईंलाई चलचित्रममा खेल्ने प्रस्ताब आएको छैन ?
    छ नि । तर समय नमिलेर हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार