बेल चिनियाँ क्लबमा जाने पक्का…


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ११, २०७६

  • काठमाडौं । साउन  ११  ।  ग्यारेथ बेल रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङ्सु जाने भएका छन् । वेल्सका कीर्तिमानी गोलस्कोर बेल निकट स्रोतका अनुसार तीन वर्षे सम्झौता भएको छ । यद्यपि स्पेनिस अधिकारीहरुले यसको पुष्टि गर्न बाँकी छ ।

    रियलका प्रशिक्षक जिनेदाने जिदानले केही दिनअघि बेल क्लब छाड्ने निकट रहेको बताएका थिए । स्पेनिस समाचारहरुमा जनाएअनुसार बेलले चीनमा एक सातामा एक मिलियन पाउण्ड पाउनेछन् । बेल २०१३ मा टोटनहृयामबाट कीर्तिमानी मूल्यमा रियल मड्रिड गएका थिए । बेर्नाबाउ क्लबसँग उनको सम्झौता अझै तीन वर्ष बाँकी थियो ।

    रियलले लगातार चार पटक च्याम्पियन्स लिग जित्दा पनि उनी टिममै थिए । उनले रियलमा रहेर एक ला लिगा, कोपा डेल रे तथा तीन यूईएफए सुपर कप पनि जिते । तर जब जिदान फेरि रियल मड्रिडको प्रशिक्षक भए, त्यहाँबाट बेलको बहिर्गमनको प्रक्रिया सुरु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार