फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

नेमार ल्याउन सम्झौता नजिक बार्सिलोना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ११, २०७६

  • काठमाडौं ।   स्पेनिस क्लब बार्सिलोनाका फुटबल निर्देशक जेभियर बोर्डासले स्टार स्ट्राइकर नेमारका लागि पिएसजीसँगको सम्झौताको नजिक पुगेको बताएका छन्।

    बार्सिलोना र पिएसजीबीच मंगलबार भएको छलफलमा आफूहरु सम्झौता नजिक पुगेको उनको भनाई छ। बार्सिलोनाका तर्फबाट बोर्डास, ओस्कार ग्राउ, इरिक अबिडाल र एन्ड्रे करी छलफलमा सहभागी थिए।  ‘अहिलेसम्म सम्झौता भइसकेको छैन तर हामी सम्झौताको नजिक छौँ’ उनले भने। साथै अर्को बैठकका लागि पनि समय मिलिसकेको र सम्झौता हुने विश्वासमा रहेको उनले बताए।

    बार्सिलोनाले नेमारका लागि १७० मिलियन युरो तिर्ने र त्यसमा दुई चरणमा पैसा दिने सहमतिको प्रयास गरिरहेको छ। यसअघि पिएसजीले नेमारका लागि एक सय मिलियन युरोका साथै डेम्बेले र सेमेडो पनि दिनुपर्ने प्रस्ताव गरेको थियो। त्यसमा झण्डै एक सय मिलियन युरोका डेम्बेले र ४० मिलियन युरोका सेमेडो दिनु घाँटा हुने बार्सिलोनाको तर्क थियो।

    नेमारका लागि रियल मड्रिडले पनि चासो देखाइरहँदा पछिल्लो समय उनले आफू बार्सिलोनामा मात्रै जान चाहेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट