‘टाटा एचफाइभएसयूभी’ बजारमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ११, २०७६

  • काठमाडौं ।  टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्रिमियमएसयूभी टाटा एचफाइभ नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो ।

    टाटा एचफाइभको मूल्य ५६,५५०००/– (छपन्न लाखपच्पन्नहजार रुपैंया) तोकिएको छ । यसको बुकिङ केही दिनअघि खुला गरिएको थियो। बुकिङ्ग खुल्ला भएयता टाटा एचफाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका सिप्रदीले जनाएको छ । साथै, सिप्रदीले टाटा एचफाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने जनाएको छ ।

    सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख  सुजन रोयले टाटा एचफाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए ।

    नेपाली एसयूभी पारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एचफाइभलाई मन पराउने बताए ।

    क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

    आकर्षक रहेको टाटा एचफाइभमापुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

    नेपालीबजारमा टाटा एचफाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुखकार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले  टाटा एचफाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गरे ।

    टाटा मोटर्सका बारेमा
    ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एक मात्र ओइएम हो ।

    बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।

    इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

    जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट  डिजाइन र  भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ–  नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वीएसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा बिक्री वितरण गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार