रिहालगत्तै पक्राउ परे विप्लवका जिल्ला इन्चार्ज


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर ६, २०७६

  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम नवलपरासी जिल्ला इन्चार्ज ‘सुमन’ उपनामका गंगा प्रसाद ज्ञवाली अदालतबाट रिहा भएलगत्तै पक्राउ परेका छन् । धरौटी रकम बुझाएर निस्कदै गरेका ज्ञवालीलाई माइक्रो बस लिएर पुगेका सादा पोशाकका प्रहरीले शुक्रबार दिउँसो अदालतको मुल गेट नजिबाटै पक्राउ गरेको हो।

    ४० हजार धरौटी नबुझाएपछि उनलाई गत जेठ १३ गते कारागार चलान गरेको थियो । रिहा भएलगत्तै ज्ञवालीलाई पक्राउ गर्न खोजेपछि प्रहरी र आफन्तजनबीच केही बेर घम्साघम्सी भएको थियो । पक्राउ पूर्जीबिना पक्राउ गर्नु राज्य आतंकको पराकाष्ठ भएको भन्दै आफन्तले सरकारको आलोचना गरेका थिए ।

    रुपन्देहीको देवदह नगरपालिका ३ घर भएका ज्ञवालीलाई विप्लव समूहले जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि केही वर्षदेखि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा बस्दै आएका थिए । गत २०७५ चैत ११ गते बर्दघाटबाट पक्राउ परेका ज्ञवालीलाई ‘आगो लगाएको’ अभियोगमा मुद्दा चलाइएको छ । धरौटी बुझाएपछि ज्ञवालीलाई मंसिर ११ गते हाजिर हुने गरी रिहा गरेको थियो ।

    यसअघि नवलपरासी कारागारमा थुनामा रहेका ८ जना विप्लव समूहका कार्यकर्ता प्रशासनसमक्ष लिखित निवेदनसहित आत्मसमर्पण गरेर रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार