ट्राफिक जाममुक्त सहर बनाउँन युवाहरुको प्रदर्शन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १५, २०७४

  • काठमाडौं, माघ १५ – ‘हामी सबैको रहर ट्राफिक जाममुक्त सहर’ भन्ने मुल नाराका साथ युथ एड्भोकेसी नेपाल, फिमेल युथ नेपाल, राष्ट्रिय अपाङ्ग युवा सञ्जाल लगायत अन्य थुप्रै संघ, संस्थाको संयुक्त आयोजनामा माइतीघर मण्डलामा १२ बुँदे माग सहित प्रदर्शन गरियो ।

    उक्त कार्यक्रमको सञ्चालन फिमेल युथ नेपालकि अध्यक्ष सन्ध्या बिडारीले गरेकी थिईन् । त्यस्तै युथ एड्भोकसी नेपालका नरेन्द्र खतिवडा, महेन्द्र थापाका साथै आयोनका अध्यक्ष हिमाल महतले ट्राफिक जाममुक्त पार्नका लागि सरकारका साथै सम्बन्धित निकायको ध्यानाकषर्ण गराउन आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा दुई सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट