
काठमाडौं । दराजले सन् २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र बिक्रेता संलग्न गर्ने उद्देश्य राखेको दाबी गरेको छ । यसका लागि कम्पनीले लजिस्टिक पर्यावरण (इकोसिस्टम) लाई सुधार्ने तथा देशभरि नेटवर्क बढाइ देश भरिका बिक्रेतालाई दराजमा व्यापार गर्ने मौका दिने र डेलिभरि लोकेसन थप्ने भएको हो ।
कम्पनीले आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक मनोरञ्जन सुविधा प्रस्तुत गर्ने कार्यक्रम राखेको पनि दाबी गरेको छ । दराज नेपालको अग्रणी अनलाइन बजार हो ।