सन्तोषी बनिन् ‘मिसेस ब्युटी क्विन’


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ ७, २०७६

  • काठमाडौं । माघ ५ । सुर्खेतकी सन्तोषी शाही ‘लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ विजेता बनेकी छन् । सिजन मिडियाले काठमाण्डौंमा सञ्चालन गरेको ‘लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा सन्तोषी विजेता बनेकी हुन् । देशभरबाट भाग लिएका प्रतिस्पर्धीलाई पछि पार्दै शाहीेले ‘लेटमिइन मिसेस ब्युटी क्विन’ हात पार्न सफल भएकी हुन् ।

    सुर्खेती शाहीले ‘लेटमिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । शाहीले मिसेज मल्टी मिडिया अवार्ड पनि हात पार्न सफल भइन् ।

    यस्तै फस्ट रनरअप सविता शर्मा भइन् । उनले मिसेज पपुलरको अवार्ड पनि हात पार्न सफल भइन् । सेकेण्ड रनर अपमा सीता अर्चना पौडेल चयन भएकी छन् । उनीले पनि वेष्ट वाकको अवार्ड हात पार्न सफल भइन् । साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन् । थर्ड रनर अपमा रञ्जना निरौला, र फोर्थ रनर अपमा देवकला पुन छनोट भएका छन् ।

    सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तर रुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेस ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार