नेपाल आइडलकी प्रमिला राई र प्रताप लामाको आवाजमा ‘एउटै आकाशमुनी…’


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १७, २०७४

  • काठमाडौं, १७ माघ- नेपाल आइडलको टप ७ बाट बाहिरिएकी प्रमिला राई र नेपाल ताराको थर्ड सिजनका विजेता प्रताप लामाको आवाजमा ‘उड्छु म आकाशमा’ सार्बजनिक भएको छ । यो कुनै एल्बमको गीत भने होईन न त कुनै म्युजिक भिडियो हो । करूणा फाउण्डेशन नेपाल सँस्थाले तयार पारेको यो चेतनामूलक सञ्चार सामग्री (पीएसए) हो ।

    ‘इम्ब्रास द चेन्ज’ परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र आत्मसम्मानको लागि यो पीएसए तयार गरिएको हो । ‘उड्छु म आकाशमा के हो बाधा अड्चन ? के हो सिमाना ?’ बोलको यस गीतमा नेपाल आइडलकी प्रमिला राई र प्रताप लामाले स्वर दिएका छन् । यसको निर्देशन प्रविन श्रेष्ठले गरेका छन् भने फाउण्डेशनकी परियोजना संयोजक अमृता ज्ञवालीले मोडलिङ गरेकी छन् ।

    एक मिनेट ३४ सेकेन्डको यो भिडियो पोखरामा छायांकन गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुप्रति सकारात्मक धारणा बनाउन यस भिडियोले सहयोग पुग्ने मोडल अमृता ज्ञवालीले बताईन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले पीएसए उक्त पीएसए सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार