
काठमाडौं । ५ फागुन । नेपाल आइडलको सिजन ३ बाट चर्चामा आएकी गायिका हुन्, हेटौंडाकि मिङमा लामा । उत्कृष्ट १० सम्म पुग्न सफल लामा एकाएक आउट् हुँदा उनका फ्यानहरुले मन दुखाए । लामाका अन्तरवार्ताहरुमा उनका प्रशंसकहरुले लेखेका प्रतिक्रियाहरु पढ्दा पनि त्यसको झल्को पाईन्छ । कतिपयले उनलाई म्याचुअर सिंगर भनेर टिप्पणि गरेका छन् । ‘लामा वाइल्ड कार्डबाट इन्ट्री हुनुपर्छ’ भनेर धेरैले प्रतिक्रिया दिएका छन् ।
गायिका लामा स्वंयलाई पनि वाइल्ड कार्डबाट इन्ट्री पाएर पुन : नेपाल आइडलको मञ्चमा पुग्न पाए फेरी ‘धमाकेदार’ प्रस्तुती दिन्थें भन्ने लागिरहेको छ । तर उनी दुःखी भने छैनन् । बरु नयाँ गीतको तयारी भने गरिरहेकी छिन् । लामाको आवाज पप, आधुनिक गीतमा बढी फिट् भएको पाईन्छ ।
भिडिओ कुराकानी :