टाटा मोर्टसको उपहार योजना


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ८, २०७६

  • काठमाडौं । टाटा मोर्टसले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा विभिन्न किसिमका उपहार योजना ल्याएको छ । उक्त योजना अन्तर्गत मोबाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा रोजेर लैजान सकिने व्यवस्था गरिएको हो ।

    यो योजना बुधबार देखि फाल्गुन १४ सम्मको लागि लागु हुनेछ ।

    टाटा नेक्सन ग्लोबल एन क्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल भएको पनि कम्पनीले जनाएको छ । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ ।

    २०९ एम एम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एयरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

    कम्पनीका अनुसार एरोडाइनमिक सिलुएट भएको र स्पाेर्टि डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार