नोकिया फोन ‘आईएफ डिजाइन अवार्ड २०२०’ बाट सम्मानित..


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर २, २०७७

  • काठमाडौं । एच. एम. डी ग्लोबल आफ्ना ६ प्रकारका नोकिया फोनहरू आईएफ डिजाइन अवार्ड २०२० बाट सम्मानित भएको जनाएको छ ।

    सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरूमध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरू छन् । आईएफ डिजाइन पुरस्कार विश्वको सब भन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आई एफ अन्तराष्ट्रिय फोरम डिजाइनले आयोजना गरेको थियो । स्वतन्त्र डिजाइन विशेषज्ञहरू सम्मिलित प्यानलले ५६ देशहरूको ७  हजार भन्दा बढी प्रतिस्पर्धीहरूको समीक्षा गरेको जनाइएको छ ।

    यो अवार्डबाट सम्मानित फोनहरूमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस रहेका छन् । यस्तै फिचर फोनतर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप रहेको कम्पनीले जनाएको छ ।

    उपभोक्ताहरूको अनुभव मा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो । त्यस्तैगरी प्रिमियम डिजाइनको समान सिद्धान्तहरू नोकिया फोनको हरेक पोर्टफोलियोमा लागु हुन्छन् जस्तै– नोकिया ७.२, नोकिया ४.२, र नोकिया ८०० आदि ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार