नेपालमा इन्टरनेटको स्पिड कति छ त ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ११, २०७६

  • ताररहित इन्टरनेटका तीब्रताका आधारमा नेपाल विश्वको १ सय १२ औं स्थानमा आएको छ । विभिन्न मुलुकमा इन्टरनेटको तीब्रताको अध्ययन गरी सूचकांक सार्वजनिक गर्ने ‘स्पिडटेष्ट’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा यस्तो प्रविधिको इन्टरनेटको औषत डाउनलोड तीब्रता २१.०५ एमबिपिएस र अपलोड तीब्रता १९.८० एमबिपिएस छ ।

    स्पिडटेष्टले सार्वजनिक गर्ने मासिक सूचकांक अनुसार सन् २०१९ को डिसेम्बर महिनाभन्दा यो वर्षको जनवरी महिनामा नेपालको ४ स्थान सुधार भएको हो ।

    फिक्सड इन्टरनेटअन्तर्गत विश्वको एक नम्बरमा सिंगापुर रहेको छ, भने मोबाइल इन्टरनेट स्पिडका आधारमा युएई पहिलो नम्बरमा रहेको छ ।

    भेनेजुएला, यमन, तुर्कमेनिस्थान फिक्स्ड इन्टरनेटको अन्तिमतिर रहेका छन् भने मोबाइल इन्टरनेटको अन्तिममा भेनेजुएला, रूवान्डा, अफगानिस्तान र प्यालेष्टाइन छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार