तनावमा प्रशिक्षक जिदान


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १३, २०७६

  • काठमाडौँ । लगातार रियल मड्रिडलाई तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदान यतिबेला तनावमा रहेका छन् । एकपछि अर्को गर्दै महत्वपुर्ण खेलाडी घाइते भएपछि उनी तनावमा रहेका छन् ।

    निकै आशाका साथ इडिन हजार्डलाई रियलले अनुबन्ध गरेको थियो । तर, उनी रियल आएसँगै बारम्बार घाइते भएका छन् । उनले रियलका लागि हालसम्म एक गोल र एक एसिस्टमात्र गरेका छन् ।

    च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी जस्तो बलियो प्रतिस्पर्धी रहेका कारण पनि आफ्नो पहिलो रोजाईका खेलाडी नहुनुले उनी तनावमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार