
सामसुङ कम्पनीले एउटा अपत्यारीलो घोषणा गरेको छ । घोषणा अनुसार कम्पनीले कि–वोर्डबिनाकै मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुँदा टाइप गर्न झन्झटिलो हुने गुनासाहरु बेला/बेला सार्बजनिक भइरहँदा सामसुङले कि–वोर्ड नभएपनि चलाउन मिल्ने मोवाइल ल्याउने लागेको हो । सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो ।