आज शेयर कारोवार ३ बजेर ५५ मिनेटसम्म हुने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६

  • काठमाडौं । सधै दिउसो ३ बजेसम्म कारोवार हुने शेयर  आज ३ बजेर ५५ मिनेटसम्म शेयर कारोवार हुने भएको छ । ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएपछि ५५ मिनेट समय थप गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    नेप्सेका अनुसार ब्रोकरको डाटा सेन्टरमा समस्या आउँदा सेयर कारोबार ५५ मिनेट प्रभावित भएको थियो । भने समस्या समाधान भएसँगै कारोवार भने सुचारु भइसकेको छ । एक्कासी डाटा सेन्टरमा १२ बजेर १५ मिनेटमा समस्या आएपछि शेयर कारोवार तथा अर्डरहरु समेत कार्यान्वयन भएको थिएन ।

    साथै कारोवारलाई प्रभावित नपार्नको लागि बजार ३ बजेर ५५ मिनेट जाँदासम्म खुल्ने भएको हो । उक्त प्रणालीमा आएको समस्याका कारण सबै ब्रोकरहरुको टीएमएस सिस्टमले पनि समेत काम गर्न सकेको थिएन । यसरी कारोबार हुन नसकेको अवधि थपेर ३ः५५ बजेसम्म कारोबार खुला राख्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार