चार क्यामेरा जडित आइफोन – १२ आउन ढिलाई हुने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • काठमाडौं ।  ४ वटा क्यामेरा जडित आइफोन – १२ बजारमा आउन केही ढिला हुने अमरेकी टेक कम्पनी एप्पलले जनाएको छ ।

    कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले अपकमिंग प्रोडक्ट आइफोन १२ र आइफोन ९ को लन्चिंग दुई महिना पछि सारेको हो ।

    यसअघि सन् २०२० भित्रै आइफोन १२ बजारमा आउने बताइकोमा अब सन् २०२१ को फेब्रअरी पुग्न सक्नेछ ।

    कोरोनाभाइरसले लगातार खतरा बढाईरहेका कारण दुबै आईफोनहरुको लन्चिगं डेट सारिएको उल्लेख बताइएको छ ।

    कोरोनाभाइरसको संक्रमणका कारणले चीनबाट हुने सप्लाई चेनमा रोकावट आएको हो । यसै कारण एप्पलको आईफोनका पार्टहरु कम्पनीसम्म आईनपुगेको कारणले प्रोडक्सनमा ढिलाई हुने भएको हो।

    प्रोडक्सनमा हुने ढिलाईका कारणले नेक्स्ट जेनेरेशन आईफोन र सस्तो आइफोनको रुपमा आउन लागेको आईफोन ९ का लागि एप्पल मनपराउनेहरुले केहि समय कुर्नुपर्ने देखिएको छ ।

    हालसम्म आएको जानकारी अनुसार आईफोन १२ मा ५ जी सर्पोट हुने छ । यसबाहेक फोनमा १२० हर्ज रिफ्रेश रेट रहने छ ।

    त्यस्तै आईफोन १२ मा ठुलो ब्याट्री ब्याकअप हुन सक्ने पनि अनुमान लगाइएको छ । भने ४ वटा क्यामेरा जडान गरिने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार