एनसेलको सही यो ! पावर सिम


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • काठमाडौं ।  नेपाली युवाले अब उनीहरूकै लागि विशेष रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन्। एनसेलले विभिन्न सेवाको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ। यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवा लिन सक्नेछन्।

    पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हंगामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विशेषता हुन्। यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाइने आकर्षक डेटा प्याकबाट फाइदा लिन सक्नेछन्।

    ग्राहकले करसहित मात्र ९९ रुपैयाँमा बिहीबार (चैत ६) बाट यो सिम लिन सक्नेछन्। यो सिम लिन नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्छ। यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजीसहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन्। सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हंगामा म्युजिक प्रो सेवा सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन्।

    ‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन्। ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार