सेलपेले ल्यायो २०२० नयाँ योजना


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, अशोज १३, २०७७

  • काठमाडौँ । सेलपे प्रालिले ‘२०२० अफर’ नयाँ योजना ल्याएको छ। उक्त योजना चैत्र ७ देखि २७ गतेसम्म लागू हुनेछ। यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस–२० जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

    सो योजनामा कम्पनीका ग्राहकहरुले न्युनतम २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, मर्चेन्ट भुक्तानी गरे लक्की ड्र को लागि एउटा कोड नम्बर पाउने र सो कोड नम्बर लक्की ड्र को लागि छनोट हुनेछ तथा सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसग ग्यालेक्सी एस-२० जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ।

    यस्तै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एडरेस लाउन्ज र एक्स–एजबाट विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार सो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरुको लागि लागु हुनुका साथै नयाँग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंकगरे पस्चात न्यूनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, मर्चेन्ट भुक्तानीबाहेकको कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन्।

    वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट शुल्क नलाग्ने र लोयल्टी पोइन्टस प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार