अनलाइन शिक्षण कसरी गर्ने? डिजी स्कुल नेपालले सुरु गर्यो नि : शुल्क प्रशिक्षण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १३, २०७७

  • काठमाडौं, १३ बैशाख । चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको विद्यालयको पढाइ ठप्प छ। कोरोना ९कोभिड१९० का कारण लाखौं वालवालिकाको पढाइमा असरत परेको छ नै संगै शैक्षिक सत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ।

    यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवस्यकता बनेको छ।

    यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एन सि सि एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निःशुल्क प्रशिक्षण सुरु गरेको छ।

    प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृह कार्यहरू र असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिंग, अनलाइन प्रस्तुतिहरू, स्लाइड साझेदारी, तस्विर र भिडियो साझेदारी सम्बन्धि सिकाइने बताइएको छ।

    शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डिजी स्कुल नेपालका प्रवर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

    प्रशिक्षणमा सहभागी हुन चाहने बिद्यालय तथा शिक्षकहरुले डिजी स्कुलको ९८०१२२४२६९ मा वा [email protected] सम्पर्क गरि सहभागीता जनाउन सक्ने श्रेष्ठले जानकारी दिए । अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकुल गरिने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार