किरण तिम्सेना
प्रिय,
रुमल्लिएका यादहरु मेरा हृदयमा छन्
पिल्सिएका क्रन्दनहरू मेरा नयनमा छन्
गुम्सिएका आकांक्षाहरू मेरा पाइलामा छन्
च्यापिएका हौसलाहरू भविष्य खोजिरहेछ्न्
प्रिय,
रुमल्लिएका यादहरूलाइ ब्युताउने धोको छ
पिल्सिएका क्रन्दनहरुलाइ हसाउने धोको छ
गुम्सिएका आकाङ्क्षाहरूलाइ उठाउने धोको छ
च्यापिएका हौसलाहरूलाइ खुलाउने धोको छ
प्रिय,
तिमी चाहन्नौ मेरो फिर्ति नहोस कहिल्यै पनि
तिमी चाहन्नौ मेरो किर्ती नहोस कहिल्यै पनि
सुन्दर भावले भरिएको तिम्रो प्रितको कसम
आज तिम्रो शहर एक फन्को मार्ने धोको छ