![](https://frontlinenepal.com/wp-content/uploads/2018/06/34051762_2064437066960552_2003656716654215168_n.jpg)
हङकङ – नेपाल नेत्र ज्योती संघ हङ्कङले गुल्मी जिल्लामा आँखाका बिरामीहरुका लागि १४ लाख सहयोग रकम प्रदान गरेको छ । संघको सहयोगमा नेत्र ज्योती संघ नेपाल च्याप्टरले आँखा विरामीहरुका लागि नि:शुल्क शिविरको आयोजना गरेको थियो । गुल्मीको शान्तिपुरमा ३ दिनसम्म सञ्चालन गरिएको शिविरबाट ९ सय ६८ जना विरामीहरुले सेवा लिए ।
‘हामीले ५३ जनालाई अप्रेशन र ३ सय २५ जनालाई चस्मा, औषधी लगायत वितरण गऱ्यौं ।’ नेत्र ज्योती संघ हङकङका अध्यक्ष ईश्वरविक्रम शाह बताए ‘अज्ञानता, अभाव र विकटताले सानो समस्याका कारण आँखाको ज्योती गुमाउँनु परेको पीडालाई महशुस गर्दै हामीले यो अभियान चलाएका हौं ।’ शाहले फेसबुकमा आँखाका बिरामीहरुका लागि सहयोगको आह्वान गरेसँगै हङ्कङेलीहरुले स्वतस्र्फुत रुपमा सहयोग गरेका थिए ।
छोटो समयमा सबैको विश्वास र मानवताले यो काम सम्भब भएको शाहले बताए । यो अभियानलाई निरन्तर देशव्यापी रुपमा सञ्चालन गर्ने उनले बताएका छन् ।