अभिनेत्री मनिषा कोइरालालाई नेता कमल थापाले दिए शुभकामना


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३२, २०७७

  • काठमाडौं, ३२ साउन । बलिउड अभिनेत्री मनिषा कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जन्मदिनको शुभकामना दिएका छन् । अभिनेत्री कोइरालालाई ट्वीटरमा शुभकामना दिदै नेता थापाले लेखेका छन् :
    शुभ जन्मदिनको मंगलमय शुभकामना । तपाईं बलिउडको प्रतिस्पर्धामा अव्वल प्रमाणित भै चलचित्र जगतको शीर्षस्थानमा पुग्नुभयो । राष्ट्रियताको पक्षमा सधैं सशक्त रूपमा उभिनु भयो । असाध्य रोगमाथि विजय प्राप्तगरी प्रेरणाको स्रोत बन्नुभयो । हजुरबुबा बिपीको विचारलाई निरन्तरता दिनुभयो ।

    तीन दशकदेखी बलिउडमा आफ्नो बेग्लै छवि बनाएकी अभिनेत्री कोइराला आजबाट पचास वर्षमा प्रवेश गरेकी छिन् । उनले सन् १९९१ मा सुवास घईद्वारा निर्देशित चलचित्र सौदागर बाट बलिउडमा प्रवेश गरेकी थिईन् । त्यसपश्चात् उनले दर्जनौ चलचित्रमा अभिनय गरिन् । सन् २०१२ मा पाठेघरको क्यान्सरले थलिएकी उनी त्यसको दुई वर्षपछि निको भईन् । र, २०१८ मा दिवाकर बनर्जीद्वारा निर्देशित चलचित्र लस्ट स्टोरिज मा अतिथी कलाकारका रूपमा देखिईन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार