दर्ता भयो नयाँ नेकपा–एमाले, चुनाव चिह्न उदाउदो सूर्य


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३, २०७७

  • काठमाडौं, ३ भदौ । निर्वाचन आयोगमा नेकपा–एमाले नामको राजनीतिक दल दर्ता भएको छ। गत असारमा सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा–एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

    तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि एमाले नाम खालि थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नव गठित नेकपा–एमालेलाई निर्वाचन चिह्नको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ ।

    विराटनगरकी सन्ध्या तिवारीको अध्यक्षतामा गत असारमा आयोगमा दल दर्ताका लागी निवेदन परेको थियो । एमाले दल दर्ताको प्रसंग चलेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार