
काठमाडौं, ५ भदौ । पूर्व प्रधानमन्त्री माधबकुमार नेपालका पिएसओसहित उनका ९ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । स्रोतका अनुसार उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हो । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा पठाइ सकिएको छ ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासको बाहिरी घेरामा पहरा दिने ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।