कोरोना सङ्क्रमणबाट दुईको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ १२, २०७७

  • चितवन, १२ भदौ । जिल्लामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेको बताइएको छ ।

    ती पुरुष यही भदौ पाँच गते श्वासप्रश्वासमा समस्या भइ पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ आठ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसन चिकित्सक सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    सोही अस्पतालमा उपचाररत अर्का एक जना सङ्क्रमितको अवस्था सामान्य रहेको छ । यस्तै कलेजमा उपचाररत वृद्धाको कोरानाले मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धि समस्याका कारण भदौ सात गते कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते सङक्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिP ।

    कलेजमा अहिले ४२ जना सङ्क्रमितको उपचार भइरहेको र ती मध्ये २०को अवस्था जटिल रहेको उgले जानकारी दिP । कलेजमा रहेको प्रयोगशालामा हाल सम्म ७ सय २७ नमूना परीक्षण गरिएकोमा १ सय ९ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । यससंगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

    एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्रका कोरोनाका कारण चारको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार