आइसोलेशन कक्ष निर्माण गरिदैँ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ १२, २०७७

  • विदुर, १२ भदौ । जिल्लाका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम हुन नदिन जिल्लाका १२ वटै स्थानीय तहलाई आइसोलेशन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकले शिवपुरी गाउँपालिकामा कोरोना जोखिम हुन नदिन आज साँझ ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो गाउँपालिकामा ७ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकले औषधि उपचार, खाद्य वस्तु खरिद र आफ्नै खेतवारीमा कृषिजन्य कार्य लगायतका आवश्यक काम बाहेक अन्य काममा घरबाट ननिस्कन आग्रह गरेको छ ।

    प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने जानकारी दिनुभयो । बैठकले निषेधाज्ञा कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत गरेको छ ।

    यही भदौ ९ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सञ्चालनमा थप कडाई गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार