
काठमाडौं, १३ भदौ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका – १४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे मृत्यु भएको हो।
मृतकलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार