थप ३ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्ड दोस्रोपटक आइसोलेसनमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • काठमाडौं, १५ भदौ। आफ्ना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ आइसोलेसनमा बसेका छन् । अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार आइतबारदेखि उनी आइसोलेसनमा बसेका छन् । प्रचण्ड दोस्रो पटक आइसोलेसनमा बसको हुन् ।

    दोस्रा पटक प्रचण्डको सुरक्षामा खटिएको तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन अवधिभर प्रचण्डले कसैलाई पनि नभेट्ने बताएका छन् ।

    दुई हप्ता अघि पनि प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको थियो । त्यसबेला प्राण्डसंगै उनको परिवार आइसोलेसनमा बसेको थियो ।
    सुरक्षाकर्मीलाई कोरोना देखिएपनि प्रचण्ड र उनका परिवारका सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार