कोरोनाबाट महिलाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १७, २०७७

  • रुपन्देही, १७ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

    यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट