कोरोनाका नाममा स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : प्यासेन्ट मोनिटर र भेन्टिलेटर खरिदमा सेटिङ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १७, २०७७

  • काठमाडौं, १७ भदौ । प्यासेन्ट मोनिटर र भेन्टिलेटर खरिदमा अनियमितताका चलखेल सुरु भएको छ । सिमित कम्पनीको मात्र सामान खरिद गर्न मिल्ने गरी ‘स्पेशिफिकेसन’ बनाई टेण्डर निकालिएको छ । स्वास्थ्य सेवा विभागले प्यासेन्ट मोनिटर खरिदमा फिलिप्सको स्पेशिफिकेसनसँग मिल्ने टेण्डर सूचना प्रकाशन गरेको छ ।

    फिलिप्सको क्याट्लक र टेण्डरको स्पेशिफिकेसन एउटै छ । यसले अनियमितता भएको प्रमाणित हुन्छ । साढे दुई लाख रुपैंयाँ पर्ने प्योसेन्ट मोनिटरलाई पाँच लाख रुपैयाँ भन्दा बढी रकममा खरिद गर्न लागिएको जानकारी प्राप्त भएको छ । यति मात्र होईन भेन्टिलेटर खरिदमा पनि सेटिङको तयारी भइरहेको छ ।

    सरकारले भेन्टिलेटर खरिद गर्न पाँच करोडको बजेट छुट्याइएको छ । सेटिङको कम्पनीलाई अहिले आयात गर्न लगाएर तत्कालै सामान उपलब्ध गराउनेसँग खरिद गर्ने भनी अनियमितता हुन लागेको हो ।

    यसअघि ओम्नी, ओम सर्जिकल लगायत कम्पनीसँग सेटिङमा सामान खरिदमा घोटाला भएको भन्दै आलोचना भएको थियो । अख्तियारले यस प्रकरणमा छानबिन थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार