सिचाई सुबिधा नहुँदा रौतहटका कृषक मर्कामा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १७, २०७७

  • रौतहट, १७ भदौ । सिंचाई सुबिधा राम्रो नहुँदा हजारौ रौतहटका कृषकहरु मर्कामा परेका छन् । धानखेतीमा ठुलो असर परेको कृषकहरुको गुनासो छ । लकडाउनमा मलखाद अभावले स्थानिय कृषकहरु समस्यामा परेका छन् । रौतहटको चन्द्रपुर, बेतौना क्षेत्रमा बाग्मती नहरबाट खेतसम्म पुग्ने स्थायी कुलो भए पनि राम्रो ब्यबस्थापन नहुँदा कृषकहरुले समस्या झेल्नु परेको छ । बाग्मती खोलाबाट चन्द्रपुर नगरपालिकाको सबै कृषिभुमी सिंचाइको लागि पानी बग्ने एउटा ठूलो नहर छ । यसै नहरबाट मोथियाही हुँदै बेतौनासम्म जाने स्थायी कुलो निर्माण गरिएको छ ।

    कुलो ब्यबस्थापन प्रभाबकारी नहुँदा पानी नचड्ने, चुहिने जस्ता समस्याले सिंचाइ हुन नसकेको गुनासो बेतौनाबासिको छ । सरोकारवाला कुनै निकायले पनि यो समस्या समाधानका लागी पहल गरेका छैनन् । बाग्मती सिंचाई आयोजनामा पटक पटक यो समस्या समाधानका लागी स्थानियले गुनासो गरे पनि चासो देखाइएको छैन । स्थानीय नगरपालिकामा गुनासो गर्दा यो नगरपालिकाको कार्यक्षेत्र नभएको, बाग्मती सिंचाईको आयोजनाको कार्यक्षेत्र हो भन्दै पन्छिएको स्थानियहरू बताउँछन् ।

    ‘नगरपालिकाका नगर प्रमुखले कृषिमा आधुनिकीकरण गर्ने मुख्य एजेन्डा भएको बताएका थिए ।’ स्थानिय कृषक अबि थापाले गुनासो पोखे ‘हामीले खुसी भएर उहाँलाई चुनाब जितायौं । तर अहिले वास्ता गर्दैनन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार